भारतको झारखण्डमा सरस्वती पूजाको प्रसाद खाँदा ४० विद्यार्थी बिरामी

माघ २८, झारखण्ड । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना विद्यार्थी बिरामी परेका छन् । 

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका बिरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ । 

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् । 

null

ती विद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताएका छन् । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिएका छन् । 

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताए । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उनले जानकारी दिएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *