आज मंगलबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज मंगलबार सोमबारको तुलनामा अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८७ पैसा तोकेको छ । जुन सोमबार तुलनामा केहि घटेको हो । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा छ । सोमबार १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको थियो । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकिएको छ । 

मंगलबारका लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा छ । सोमबार खरिददर १ को खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा थियो । 

null

यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १८ पैसा तोकिएको छ । सोमबार बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०४ पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा तोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =