मापदण्ड विपरित सञ्चालित दुई पानी उद्योगमा शिल

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले गरेको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित दुईवटा उद्योगमा बुधबार शिल गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १० सिंचाई रोडमा रहेको अप्सरा वाटर ईण्डष्ट्रिज र भरतपुर महानगरपालिका वडा नम्वर ११ जखेडीमाईमा रहेको बि एस एम वाटर एण्ड वेभरेजमा शिल गरिएको हो । 

अनुगमनमा जिल्ला प्रशासन कार्यालयबाट महेश पौडेल, खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अधिकृत विके राउतसहितको टोली गएको थियो । अनुगमनका क्रममा ती पानी उद्योगहरुले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिम मापदण्ड पुरा नगरेको पाइएकाले सिल गरेको अधिकृत राउतले बताए । 

जिल्लामा १६ वटा पानी उद्योग सञ्चालित छन् । अटोमेटिक प्रविधि मेशिन प्रयोग गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि शिल गर्न बाध्य भएको प्रशासनले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =