‘मलेसियामा सोचेभन्दा राम्रो सहयोग मिल्यो, भ्रममा नपरौँ’

माघ २८, काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका सिताराम कट्टेल (धुर्मुस) ले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।
मलेसियाका नेपालीले सहयोग नगरेको समाचारहरु आइरहेका बेला धुर्मुसले मलेसियाबाट सोचेभन्दा पनि राम्रो साथ, सहयोग र सदभाव पाएको बताएका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै धुर्मुसले भनेका छन्, ‘रंगशालाकै अभियानलाई लिएर फेरि केहि समयपछि मलेसिया आउने निम्तो पाएका छौं । यसले हामीलाई थप हौसला मिलेको छ । यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात् जानकारी गराउने छौं। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहन्छु।’
null
करिब तीन अर्बको लागत अनुमान गरिएको रंगशाला चितवनमा बन्नेछ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो ।
पर्याप्त पूर्वाधार बिना नै नेपाली क्रिकेट खेलाडीले अन्तराष्ट्रिय रुपमा अभुतपूर्व सफलता हासिल गरिरहेका छन् । अब अन्तराष्ट्रिय रंगशाला पनि निमार्ण हुने भएपछि नेपाली क्रिकेट नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।
धुर्मुस-सुन्तलीले क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं. ०१ ४४८२९७१ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।








