‘समृद्धिको नाराले, दुःख पाए साराले’

माघ २१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन सुरु गरेको छ । 

सरकारको कार्यशैलीप्रति रुष्ट कांग्रेसले राजधानीको शान्ति वाटिकामा प्रदर्शन गरिरहेको छ । 

प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरुले ‘केपीको पाराले दुःख पाए साराले, चिकित्सा शिक्षा विधेयक खारेज गर, भत्किएका सडकको निर्माण छिटो गर, समृद्धिको नाराले दुःख पाए साराले, फोहोरमैला व्यवस्थापन गर, नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानविन गर’ लगायतका प्लेकार्डहरु बोकेका थिए । 

null

कांग्रेसले निकालेको विरोध र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समेत माग गरिएको छ । प्रदर्शनमा कांग्रेसले वाइड बडी विमानको पुत्लासमेत प्रदर्शन गरेका छन्। 

कांग्रेसले आज देशका ७७वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ । 

प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा‍. गोविन्द केसीको अनशनप्रति संवेदनाहीन व्यवहार, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक डाकेर नियुक्ति, देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको भन्दै प्रदर्शन गरेको गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *