किसानको पक्षमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छः हृदयश त्रिपाठी

माघ २५, काठमाडौँ । नेकपाका सांसद हृदयश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्न माग गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले किसानको पक्षमा नभई विचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको आरोप लगाए । 

‘२०३४ सालदेखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत र किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको छ । कृषि मन्त्रालय विचौलियाको पक्षमा रहेछ । किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ’, सांसद त्रिपाठीले भने । 

null

उनले आफूले पटकपटक उखु किसानको समस्याबारे कुरा उठाएपनि सरकारले नसुनेको आरोप लगाए । 

जुनसुकै सरकार आए पनि सबै सरकारबाट किसानहरु उपेक्षित हुँदै आएको र बिचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मुल्य तोके पनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए। 

सरकार र उद्योगीले आआफ्नो हितमा किसानलाई सधै बलि दिने गरेको आरोप पनि उनले लगाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =