भक्तपुरको पोखरीमा महिलाको शव फेला, हत्याको आशंका
२०७५ माघ २५ गते

माघ २५, काठमाडौँ । भक्तपुरमा एक महिला मृत फेला परेकी छिन् ।
भक्तपुर नगरपालिका–३ बहताल बस्ने ४९ वर्षीया गंगा छुकां शुक्रबार भक्तपुर नगरपालिका–२ ठूलो व्यासीस्थित पोखरीमा मृत फेला परेकी हुन् ।
पोखरी रहेको ठूलो व्यासी गंगाको माइती हो । माइतीघर नपुग्दै उनी माइती बाटो पर्ने पोखरीमा मृत फेला परेपछि घटना शंकास्पद हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । उनी बिहीबार साँझ घरबाट हिँडेकी थिइन् ।
null
उनले आत्महत्या हो कि हत्या हो त्यससम्बन्धमा अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
२०७५ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित








