चट्याङले क्षति पुर्याएपछि आज मनकामना केबुलकार बन्द हुने

 

फागुन ५, चितवन । झरीसँगै परेको चट्याङले क्षति पुर्याएपछि मनकामना केबुलकार आज बन्द हुने भएको छ । 

मनकामना दर्शन प्रालिले एक सूचना प्रकाशित गर्दै आज आइतबार केबुलकार बन्द हुने जानकारी दिएको हो । 

null

शनिबार साँझ ७ बजे परेको चट्याङले केबुलकारमा क्षति पुगेको बताइएको छ । बन्द गरिएको र मर्मत पश्चात् भोलि सोमबारदेखि पुनः नियमित रूपमा केबुलकार सञ्चालन हुने प्रालिले जनाएको छ । 

केबुलकार बन्द हुँदा आइतबार मनकामना दर्शनका लागि आउने दर्शनार्थीलाई असहज हुने भएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =