उद्योग वाणिज्य महासंघ प्रदेश–१ द्वारा सम्वाद मञ्च गठन

विराटनगर, फागुन २१ । उद्योगी, व्यवसायी र कृषकहरूले व्यहोर्नु परेको नीतिगत तथा प्रशासनिक कठिनाइ समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ ले सार्वजनिक–निजी नीतिगत संवाद मञ्च गठन गरेको छ । 

सम्बन्धित निकायमा छलफल गरी सबै समस्या एकद्वार प्रणालीबाट समाधानका उपाय पत्ता लगाउने उद्देश्यले सार्वजनिक–निजी नीतिगत संवाद मञ्च गठन गरिएको हो । 

महासंघ प्रदेशको विराटनगरमा बसेको बैठकले समस्या समाधानको उपाय खोज्ने गरी मञ्च गठन गरेको हो । महासंघ प्रदेश अध्यक्ष नरेन्द्रकुमार खडकाको संयोजकत्वमा गठित मञ्चमा महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, प्रदेश उपाध्यक्ष राजेन्द्र राउत सदस्य रहेका छन् । 

null

प्रदेश सरकारअन्तर्गत रहेका सबै मन्त्रालयका योजना महाशाखाका प्रमुख वा प्रतिनिधी र सम्बन्धित विषयका एकजना विज्ञलाई सदस्यमा मनोनित गरिनेछ । मञ्चले नियमित रुपमा प्रदेश, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले स्थानीयस्तरमा सार्वजनिक–निजी नीतिगत संवाद सञ्चालन गर्ने कार्यक्रम गर्ने गरी खाका तयार गरिएको छ । 

नेपाल बंगलादेश व्यापार प्रवद्र्धनका लागि नेपालबाट बंगलादेश निर्यात गर्न सकिने वस्तुहरूको पहिचान गर्ने तथा विद्यमान नीतिगत कठिनाइहरूको सम्बन्धमा वृहत अन्तरक्रिया कार्यक्रम गरी त्यसको समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको संयोजक खड्काले जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *