सात सचिवको सरुवा: खानेपानी मन्त्रालयका सचिव नेपाल ट्रष्टमा, अन्य कहाँ ?

फागुन ८, काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयमा कार्यरत ७ जना सचिवहरुको सरुवा गरेको छ ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरसहित ७ जना सचिवहरुको सरुवा गरिएको हो । सचिव ठाकुरले मेलम्ची खानेपानी आयोजनाको विषयमा खानेपानीमन्त्री विना मगरसँग कुरा नमिल्दा आफ्नो सरुवा भएको बताएका थिए । उनलाई मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेपछि मन्त्रालयमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ ।
null
त्यस्तै सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरी पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।
यसैगरी प्रधानमन्त्री कार्यालयका अर्का सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।
यस्तै सूर्य गौतमलाई सचिवमा बढुवा गरि महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।








