वर्तमान सरकार गति र बिधी बाट बिमुख: रामचन्द्र पौडेल

फागुन २, बिराटनगर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गति र विधिबाट बिमुख रहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुराकानी गदै उनले सरकारले नयाँ काममा गति नलिएको र विधिसम्मत ढंगले नचलेको बताए ।
सरकारले कामगर्ने मेसो पाउँन नसकेको आरोप लगाउँदै नेता पौडेलले प्राथमिकता छुट्टयाएर सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले सरकारले अहिलेका प्राथमिकता पहिल्याएर जिम्मेबारी र दायित्व अनुसार अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे ।
null
सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै नेता पौडेलले सरकारको गतिविधीबाट जनतामा संघीयताप्रति बितृष्णा आएको बताए । उनले संघीयतामा जनताको शासन हुने भएकाले आम जनताले संघीयतालाई थप सबल र ब्यवस्थित हेर्न चाहेको विचार ब्यक्त गरे । नेता पौडेलले जनता निराश हुनुपर्ने कारण नरहेको बताउँदै विकल्प दिन नेपाली काँग्रेस तयार रहेको समेत बताए ।








