शनिबार चितवनको सौराहामा दन्त चिकित्सक भेला हुँदै

माघ २५, चितवन । चितवनको सौराहामा दन्तचिकित्सक भेला हुँदै छन् । नेपाल डेन्टल एशोसिएशन चितवनले आयोजना गरेको ‘रिजनल कन्फ्रेन्स’ मा लामो समयदेखि दन्तचिकित्साको क्षेत्रमा क्रियाशील चिकित्सक, प्रशिक्षार्थी चिकित्सक तथा दन्तचिकित्सा अध्ययनरत विद्यार्थीहरु भेला हुन लागेका हुन् । 

शनिबार सौराहाको होटल वाइल्डलाइफ क्याम्पमा हुने एकदिने गोष्ठीमा नेपालभर नाम कहलिएका ६ जना वरिष्ठ चिकित्सकहरुले दन्त चिकित्साको क्षेत्रमा भइरहेका अभ्यास, प्रविधि तथा परिवर्तनका सवालमा कार्यपत्र प्रस्तुत गर्ने नेपाल डेन्टल एशोसिएशन चितवनका अध्यक्ष डा. विष्णुमाया खरेलले जानकारी दिइन् । 

गोष्ठीमा डा. निल पाण्डे, डा. रिता सिंह, डा. रञ्जिता श्रेष्ठ, डा. दिनेश शर्मा भुषाल, डा. आयुष खरेल र डा. सुमी मल्लले दन्त चिकित्साका विविध आयामका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *