कामना सेवाकोे ६६ औं शाखा चाबहिलमा

फागुन १२, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा आज ६६ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । 

बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई शाखाहरु पनि शिघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र चाबहिलमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए  । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *