ओपोद्वारा एकै हप्ता चार नयाँ देशमा प्रवेश

२२ माघ, काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता मात्र ओपोले आधिकारिक रुपमा चार नयाँ देशमा प्रवेश गरेको छ । वैश्विक विस्तारका क्रममा कम्पनीले यूनाइटेड किङ्गडम, साउदी अरेविया, टर्की र पोल्याण्डमा आफ्ना फ्ल्यागशिप मोडलका साथ प्रवेश गरेको हो ।
जनवरी २८ मा ओपो आधिकारिक रुपमा साउदी अरेबियामा प्रवेश गरेको थियो । साउदी अरेबियाका लागि पहिलो उत्पादनका रुपमा कम्पनीले आर १७ सिरिज भित्र्याएकाे थियो । सार्वजनिक अगाडी कम्पनीले मिडल ईस्ट रिजनल अपरेशनको आधारका रुपमा यूएईको दूबईमा दोस्रो एमईए हब खोल्ने घोषणा गरेको थियो ।
null
जनवरी २९ मा लन्डनको टावर ब्रिजमा ओपोले यूके लञ्ज ईभेन्टको आयोजना गरेको थियो । यूके पश्चात ओपोले टर्कीमा आधिकारिक सार्वजनिक कार्यक्रमको आयोजना गर्यो । यसले कम्पनीको यूरोपियन ईको सिस्टमलाई थप बलियो बनाएको छ ।
लगत्तै पोल्याण्डमा आयोजित सार्वजनिक समारोह मार्फत ओपोले आफ्नो पूर्ण प्रडक्ट सिरिज फाईण्ड एक्स, आरएक्स १७ सिरिज र ए सिरिज पनि सार्वजनिक गर्यो ।
सन् २०१८ को जुन महिनामा ओपोले यूरोपियली बजारमा आफ्नो पहिला भेञ्चरका रुपमा फ्रेञ्च बजारमा प्रवेश गरेको थियो । यस पश्चातका ६ महिनामा कम्पनीले ईटालियन, स्पेनिश र डच बजार मार्फत आफ्नो यूरोपियन विस्तारलाई निरन्तता दिएको छ । अबको यूके, टर्की र पोल्याण्ड बजारमा प्रवेशसंगै यूरोपियली बजारमा ओपोको उपस्थिती ९ ओटा देशमा पुगेको छ ।
हाल ओपोको उपस्थिती विश्वका ४० देश सम्म पुगिसकेको छ । ओपोले विश्वभरका २५० मिलियन प्रयोगकर्तालाई स्टेट अफ आर्ट प्राविधिक उत्पादन तथा सेवा उपलब्ध गराइरहेको छ ।








