उद्यमीहरुलाई बित्तिय पहुँच पुर्याउन साक्षरता

माघ २३,बिराटनगर । प्रदेश नं. १ का साना उद्यमीहरुलाई बित्तिय क्षेत्रमा पहुँच पुर्याउने उदेश्यले बुधबार बिराटनगरमा एकदिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

 

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आयोजना तथा एनएमबि बैंकको सहकार्यमा प्रदेशका बिभिन्न जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुलाई बैंक तथा बित्तिय संस्थाहरुमा बित्तिय पहुँच पुर्याउने लक्ष्य सहित कार्यक्रम आयोजना गरिएको हो । 

null

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका द्धितीय उपाध्यक्ष चेतन निरौलाले सानो लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गर्नेहरु अझैपनि बैंक तथा बित्तिय संस्थाको पहुँचमा पुग्न नसकेकाले बैंकले प्रवाह गर्ने ऋण लगानीको प्रकृया, धितो र सरकारले लक्षित वर्गका लागि उपलब्ध गराउने ऋणका विषयमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यम समितिकी केन्द्रीय अध्यक्ष मञ्जु उपाध्याय, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे लगायत उदयपुर, झापा, मोरङ र सुनसरी जिल्लाका उद्यमीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा एनएमबि बैंक प्रदेश १ का कर्जा प्रमुख अशोक क्षेत्रीले बैंकका लगानीको सिमा, ऋणलगानीका प्रकृया लगायतका विषयमा सहभागीहरुलाई प्रस्ट्याएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *