ग्यास व्यवसायीहरुले दिए सरकारविरुद्द आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । ग्यास व्यवसायीहरु आफ्नो लगानीअनुरुप सरकारले उचित कमिसन वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रिने भनिएको छ । ग्यास वितरक÷विक्रेताको पनि समयानुकूल उचित प्रतिफल कमिसन ६ प्रतिशत हुनुपर्ने संघको माग रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =