दश हजार किशोरी र महिलाहरुलाई ’स्मार्ट छोरी’ अभियान सुरु

फागुन ९, काठमाडाैँ । दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले आजदेखि स्मार्ट छोरी अभियान सुरु गरेको छ । 

 

देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरुमाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने अझै पनि घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, हाम्रो देशमा पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ । डिजिटल शीपको अभाव नै उनीहरुको क्यारियर अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । 

null

स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ । स्मार्ट छोरी खल्ती एप भित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो जहाँ सहभागिहरुले सुचना तथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्त व्यबस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् । 

यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीप प्रदान गर्नेछ जसले गर्दा उनीहरु आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानी बिकास गर्न र आफ्नो समुदायमा उदाहरणिय व्यक्तित्व बन्न सक्नेछन् । अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवाल ले भने, “पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेको छ । तर अधिकांशको ध्यान भौतिक पूर्वाधार विकास गर्नेतर्फ मात्रै छ । भौतिक पूर्वाधारको विकासले मात्रै डिजिटल नेपाल कदापि सम्भव छैन । यसका लागि डिजिटल साक्षर जनशक्ति र जनसहभागिता उत्तिकै आवश्यक पर्छ । दक्ष जनशक्तिको कुरा गर्दा आधाभन्दा बढी जनसंख्या भएका महिलाहरुको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । 

“नेपालको गाउँगाउँमा जसरी महिला स्वास्थ्य स्वयंसेविकाहरु सामुदायिक स्वास्थ्य सेवाको मेरुदन्डका रुपमा काम गर्नुभएको छ, त्यस्तै गरी हाम्रा छोरी र दिदीबहिनीहरुलाई इन्टरनेट प्रविधीको प्रयोग मार्फत मानिसको जीवन सरल परिवर्तनको संवाहकका रुपमा सहभागि गराउन आवश्यक छ । अनि मात्रै डिजिटल नेपालको सपना पूरा हुन सक्छ ।”  

यो अभियानले नेपाल सरकारको स्मार्ट सिटि र डिजिटल नेपालको सपनालाई टेवा पुर्याउने अग्रवालको विश्वास छ । सबै इच्छुक दिदीबहिनीहरुलाई यस अभियानमा सामेल भई आफ्नो डिजिटल र वित्तीय क्षमता अभिवृद्धि गर्न र समुदायमा रोल मोडेल भई मानिसहरुको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन आह्वान गरिएको छ । 

स्मार्ट छोरी अभियानमा कसरी सहभागी हुने ?१५ देखि ३५ वर्षसम्मका किशोरी तथा महिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्त एपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमा क्लिक गरी यो अभियानमा जोडिन सक्नेछन् । यो इ (लर्निङ प्लाटफर्म महिला प्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ ।  

खल्ती एप गुगल प्ले स्टोर तथा एप स्टोरमा गई खल्ती टाइप गरेर वा यो लिङ्क  (khalti.com/download) मार्फत डाउनलोड गर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *