सामाखुशीको म्यानपावरमा वैदेशिक रोजगार विभाग टोलीको छापा

माघ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले सोमबार सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा छापा मारेको छ । 

वैदेशिक रोजगार मोबाइल एपमा म्यानपावरले अवैध रुपमा रकम लिन लागेको सूचना आएपछि विभागले म्यानपावरमा छापा मारेको हो । 

म्यानपावरले दुबईको चाइना पेट्रोलियम इन्जिनियरिंङ कन्स्ट्रक्सन कम्पनीमा लेवर कोटाको लागि प्रतिव्यक्ति १ लाख ५० हजार लिएको खुलेको छ । यसअघि एजेन्ट मार्फत २०/२० हजार रकम लिईसकेको पीडितले जानकारी दिएका छन् । 

null

म्यानपावरका एजेन्टलाई रंगेहात नियन्त्रण लिइएको छ भने अन्य कर्मचारी र म्यानपावर सञ्चालकलाई बयानका लागि नियन्त्रणमा लिइएको वैदेशिक रोजगार विभागले जनाएको छ । अनुगमन टोलीले म्यानपावर कम्पनीबाट डिमाण्डका फाइलहरु, विभिन्न रसिद लगायतका सामग्रीसहित नगद १ लाख ३० हजार जफत गरेको छ । 

थप अनुसन्धान भइरहेको विभागले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =