रेमिट सहकारीका सदस्यले नोबेल अस्पतालमा उपचार सहुलियत पाउने

फागुन १२, विराटनगर । मोरङको ग्रामथान–२ झोराहाट स्थित रेमिट बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा सहुलियत पाउने भएका छन् । 

सहकारीका सदस्यहरुलाई १५ प्रतिशत सहुलियत उपलब्ध गराउने गरी अस्पताल र सहकारीबीच सम्झौता भएको हो । नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा र सहकारीका अध्यक्ष उमा घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सो सहकारीमा ९ सय भन्दा बढी सदस्य आवद्ध छन् । यसअघि झापाको साहारा नेपाल र नोबेल अस्पतालवीच पनि उपचार सहुलियत सम्झौता भएको थियो । नोबेल अस्पताल र बिभिन्न सस्थाहरुबीच उपचार सहुलियत सम्झौता भएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *