नेपाल उपविजेतामा सिमित, म्यानमारसँग३-१ ले पराजित

 

काठमाडौं । हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सिमित बनेको छ । उपाधि भिडन्तमा म्यानमारसंग ३-१ ले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो ।  

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा म्यानमारलाई १–१ गोलको बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोरेको हो । 

null

खेलमा अग्रता ३५ औ मिनेटमा म्यानमारले यि यि ओको गोलबाट लिएको थियो । ४५ औ मिनेटमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिईन् ।तर ५३ औ मिनेटमा विन थिङ तुनले गोल गर्दै म्यानमारलाई पुन अग्रता दिलाईन् । ६३ औ मिनेटमा यिले ब्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारको जित सुनिश्चित गरिन् । 

भारत र ईरानलाई हराउँदै फाईनल पुगेको नेपालले म्यानमारको चुनौती पार गर्न सकेन । लिग चरणको पहिलो खेलमा नेपाली टिम म्यानमारसंग ३–० ले पराजित भएको थियो । 

फिफा वरियतामा आफु भन्दा ६४ स्थानमाथि रहेको टिमसंग नेपालले फाईनल खेलेको थियो । साफ र ओलम्पक छनोटको तयारीका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *