भारतमा पाकिस्तानी नामको बेकरीलाई लिएर विवाद

फागुन १२, काठमाडौँ । फ्रेबुअरी १४ मा भारतको जम्मू काश्मिर स्थित पुलवामा सैनिक जवानमाथि आक्रमण भएपछि पाकिस्तान र भारतको सम्बन्धमा दरार आएको छ । 

भारतका सेलिब्रेटी लगायत स्थानीयहरुले यसको विरोध गरिरहँदा भारतको बैंगलोरमा रहेको एक बेकरी पसलको नामलाई लिएर विवाद उत्पन्न भएको छ । 

पाकिस्तानी शहरको नाम ‘कराची’ रहेको ‘कराची बेकरी’ को नामलाई लिएर केही समूहले विरोध गर्दै प्रदर्शन गरेका छन् ।विरोध चर्किदै गएपछि बेकरीको साइन बोर्डमा लेखिएको ‘कराची’ शब्दलाई त्यहाँका कर्मचारीहरुले कपडाले छोपेका थिए।  

null

सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ । पाकिस्तानी शहरको नाम गरेको बेकरीलाई बन्द गराउन माग गरिएको छ ।  

भारत र पाकिस्तान विभाजित भएपछि भारत आएका सिंधी व्यक्ति खानचंद रामनामीले १९४७ मा सो बेकरी संचालनमा ल्याएका थिए। कराचीबाट हैदराबाद आएकाले रामनामीले आफ्नो बेकरीको नाममा पनि ‘कराची’ राखेको जनाइएको छ। 

भारतले आक्रमणमा पाकिस्तानी अलगावादी संगठनहरु जिम्मेवार रहेको बताउँदै आएको छ। पुलवामामा आक्रमण पाकिस्तानी सशस्त्र समूह जैश ए मोहम्मदको नेतृत्वमा भएको भन्दै भारतले पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएको छ। तर पाकिस्तानले भने भारतले लगाएको आरोप अस्विकार गर्दै प्रमाण दिए मिलेर अनुसन्धान गर्ने बताएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *