उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको भत्ता दिदै

काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । 

निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा खर्च एक सय रुपैयाँ पाउँछन् । विदेश भ्रमणका नाममा भारत जाँदा पाँच हजार र अन्य मुलुक जाँदा सात हजार लुगाभत्ता बुझ्छन् । बिमा, चाडबाड र उपचार खर्चको पनि छुट्टै व्यवस्था छ । 

 

null

१५ दिन अगाडिसम्म निगमले प्रतिदिन करिब आठ करोडसम्म नाफा कमाइरहेको थियो । यो अनुपात कायमै छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागे पनि पुरानो घाटा पूर्ति गर्ने भन्दै निगमले मूल्य समायोजन गरेको छैन । सार्वजनिक संस्थानमध्ये सबैभन्दा आकर्षक तलबभत्ता निगमकै कर्मचारीले बुझ्छन् । 

निजामती कर्मचारीको तुलनामा उनीहरूको सुविधा कम्तीमा तेब्बर बढी छ । पछिल्ला चार वर्षमा निगमको प्रशासनिक खर्च ९४५ ले वृद्धि भएको छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदन अनुसार आव ०७०/७१ मा ५० करोड ७० लाख रहेको खर्च ०७४/७५ मा ९८ करोड ३६ लाख पुगेको छ । 

लुगा धुने साबुनसमेत भत्ता पाइरहेका कर्मचारीले मागे थप सुविधाआयल निगमका कर्मचारीले अहिले पाइरहेको तलब भत्ता अपुग भएको भन्दै थप सुविधा माग गरेका छन् । २६ पुसमा ४९ औँ वार्षिक साधारणसभामा आधिकारिक टे«ड युनियनका तर्फबाट धारणा राख्दै निगमका कर्मचारी गोपालचन्द्र राईले मासिक २ हजार महँगी भत्ता थप्नुपर्ने बताए । 

‘निजामती कर्मचारीले पाइरहेको मासिक २ हजार भत्ता निगममा पनि लागू गर्न सञ्चालक समितिले निर्णय गरिदिनुपर्छ,’ उनले भनेका थिए । केही समयअघि निगम व्यवस्थापनले सञ्चालक समितिसमक्ष यातायात खर्चबापत मासिक ४५ सय थप सुविधा दिनुपर्ने प्रस्तावसमेत लगेको थियो । यो समाचार अजित अधिकारीले नयाँ पत्रिकामा लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =