कालिकोट थिर्पुमा बन्ने अस्पताललाई ५ रोपनी जग्गा निःशुल्क प्राप्ति

फागुन ३, कालिकोट । कालिकोट जिल्लाको पलाता गाउँपालिकामा निर्माण हुने सामुदायिक अस्पतालका लागि चार ब्यक्तिले निःशुल्क जग्गा दिने भएका छन् । 

गाउँपालिका वडा नं. ९ थिर्पुमा निर्माण हुने १५ शैयाको सामुदायिक अस्पतालका लागि सोहि स्थानका चक्र बम, अर्जुनबहादुर बम, हर्कबहादुर बम र राजबहादुर बमले ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने भएका हुन् । 

 

null

कर्णाली अञ्चलको कालिकोट जिल्लाकै अति विकट उक्त गाउँमा एउटै अस्पताल नहुँदा सामान्य विरामी हुँदा समेत स्थानीय जनता उपचारका लागि सदरमुकाम मान्मा आउनुपर्ने बाध्यता थियो । यहि कुरालाई दृष्टिगत गरी एक वर्ष अघि तत्कालिन स्वास्थ्य मन्त्री दीपक बोहराका स्वकीय सचिब निराजन बमले स्वास्थ्यमन्त्री बोहरालाई अस्पताल निर्माणका लागि पहल गरेका थिए । 

मन्त्री बोहराले तत्कालै मन्त्रीपरिषद बाट १५ सैयाको अस्पताल निर्माणका लागि निर्णय गराएका थिए । 

अस्पताल निर्माणका लागि पहल गर्दै आएका राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दीपक बोहराका स्वकीय सचिब निराजन बमले जग्गा उपलब्ध हुने भएपछि तत्कालै अस्पताल निर्माणको काम सुरु गर्न स्वास्थ्य मन्त्रालयको सम्बन्धित शाखाका बुझाएको बताए । 

‘एक वर्ष अघि सरकारले अस्पताल बनाउने निर्णय गरेपनि जग्गा प्राप्ति नहुँदा समस्या भएको थियो, अब जग्गा प्राप्त भएपछि अस्पताल निर्माणको काम अगाडी बढ्ने आशा छ । सम्बन्धित मन्त्रालयमा फायल पेश भइसकेको र चाँडै प्रक्रिया अघि बढ्ने आश्वासन पाएको छु ।’ राप्रपा प्रजातान्त्रिक विद्यार्थी संगठनका वरिष्ठ उपाध्यक्ष समेत रहेका बमले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *