ओपो ए ७ र एथ्रीएस अब नयाँ मूल्यमा उपलब्ध

फागुन ८, काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए ७ र ए ३ एस (२ र ३ जीबी भ्यारियण्ट) लाई नयाँ मूल्यमा उपलब्ध गराएको हो ।  

 

अगस्ट २०१८ मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो । त्यसैगरी, ए ७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो । ए–सिरिज अन्तर्गत सार्वजनिक यी दूबै फोन नेपालमा सर्वाधिक विक्रि हुन सफल फोन मध्येका हुन् । 

null

शक्तिशाली ब्याट्री सहित सार्वजनिक गरिएका दुबै फोन यूवा पुस्ता र तिनमा पनि विशेष गरी कलेज जाने पुस्ता माझ विशेष लोकप्रिय रहेका छन् । ‘उपभोक्ताका आवश्यक्ता र चाहना हाम्रालागि सँधै नै पहिलो प्राथमिकताको विषयका हो’, मूल्य समायोजनका बारेमा बोल्दै ओपो नेपालमा प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘हामीले हाम्रा केही बेष्ट सेलिङ फोनमा विशेष छुट सहित नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएका हौँ ।’ 

 

मूल्य समायोजन पश्चात अब ओपो ए ७ नेपाली बजारमा रु. ३२ हजार ९ सय ९० मा उपलब्ध छ । त्यसैगरी, ओपो ए ३ एस (३ जीबी) रु. २४ हजार ५ सय ९० र ए ३ एस (२ जीबी) रु. १८ हजार ४ सय ९० मा उपलब्ध छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *