प्रणय दिवसमा सिटी सेन्टरमा विशेष छुट
२०७५ माघ २३ गते

काठमाडौं। काठमाडौंको कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले प्रणय दिवस २०१९ लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ। युवा वर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा १५ हजार रुपैयाँ पुरस्कार राशीको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ।
त्यसैगरी, सिटी सेन्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएका एक जनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ।
सिटी सेन्टर भित्र यस अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ। कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक गेमहरुको साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरेको सिटी सेन्टरले जनाएको छ।
null
२०७५ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








