आइएमई र मुक्तिनाथ बैंक बिच बैंकान्सुरेन्स सम्झौता

फागुन ८, काठमाण्डौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड बिच बैंकान्सुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे । 

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत द्धय  तिल बहादुर गुरुङ्ग तथा गोविन्द बहादुर राउतको उपस्थिती रहेको थियो । 

सोही अवसरमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रधुमन पोखरेले आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडसँगको सहकार्यबाट दुवै संस्थाका ग्राहकमहानुभावहरुले सेवाहरु सहज र सुलभ रुपमा लिन सक्ने हुनाले आफूलाई असाध्यै खुशी लागेको र निकट भविष्यमानै अन्य सेवाहरुमा पनि क्रमस हातेमालो गर्दै अगाडी बढ्ने मनसाय व्यक्त गरे । 

null

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । बैंकका सबै ग्राहक महानुभावहरुले आफूले बैकिंङ्ग सेवा लिई रहेकाे  बैंकको शाखाहरु मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्ने  हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *