फेसबुक बन्द गर्ने भनेकै छैनौँः सञ्चारमन्त्री बाँस्कोटा

फागुन ९, काठमाडौँ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा फेसबुक, ट्वीटर सञ्चालनमा रोक लगाउन नखोजेको स्पष्ट पारेका छन् ।
सरकारका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले फेसबुक, ट्विटर बन्द गर्न लागिएको नभइ नेपालमा दर्ता भएर मात्रै सञ्चालन हुन पाउने व्यवस्था गर्न लागिएको स्पष्ट पारेका हुन् । ‘व्यक्तिले दर्ता गर्नु पर्दैन । तर, फेक आइडी बनाएर हुर्मत लिनलाई नियन्त्रण गर्न पाइन्छ कि पाइँदैन ?’ भन्दै उनले प्रश्न गरे ।
null
उनले सामाजिक सञ्जालको दुरुपयोग भएका कारण यसलाई नियमन गर्नु परेको बताए ।
सरकारले यससम्बन्धी विधेयक बुधबार संसदमा पेस भएको जानकारी गराउँदै उनले भने, ‘हामीले सामाजिक सञ्जाल बन्द गर्ने भनेकै छैनौँ । निर्वाध चलाउन पाइन्छ । सञ्चालनमा दर्ता गर्ने मात्र भनेका हौँ ।’
मन्त्री बाँस्कोटाले नेपालबाट अर्बौं रकम समाजिक सञ्जालमार्फत बाहिरिरहेको बेला सरकारले करजन्य लाभ लिन नपाएको बताए । उनले अरु देशमा फेसबुकले कार्यालय खोलेको उदाहरण दिँदै नेपालमा पनि खोल्नुपर्छ भने ।








