हतकडीसहित भागेका अभियुक्त नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

फागुन १, कैलाली । प्रहरीले हतकडीसहित भागेका अभियुक्त नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । 

कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्तलाई नियन्त्रणमा लिनका लागि कैलालीको धनगढी नजिकैको जंगलमा प्रहरीले गोली चलाएको हो । 

जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए । 

null

हतकडी लगाएकै अवस्थामा फरार भएका उनलाई बुधबार बिहान नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड गोली चलाएको हो । 

प्रहरीको गोली लागेर दमाइ सामान्य घाइते भएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =