‘सरकार देऊ अब निकास, नरोक हाम्रो वृत्ति विकास !’

माघ २८, काठमाडौँ । निजामती सेवा विधेयकको विरोध गर्दै सरकारी चिकित्सकहरु आज पनि विरोध प्रदर्शनमा उत्रिएका छन् । 

स्वास्थ्य सेवाका कर्मचारीलाई अन्य सेवा समूहमा जान नमिल्ने गरी गैरकानुनी रुपमा निजामती सेवा विधेयक तयार भएकोमा असन्तुष्ट बनेका चिकित्सहरुले सोमबार पनि विरोध गरेका हुन् । 

वीर अस्पतालबाट निकालिएको विरोध र्याली माइतिघर सम्म पुगेको थियो । आइतबार पनि विरोध र धर्नाका क्रममा प्रहरीले केही चिकित्सकहरुलाई नियन्त्रणमा लिएको थियो । 

null

र्यालीमा सहभागीहरुलेः चिकित्सकलाई गाउँगाउँ पठाऊ तर बँधुवा मजदुर नबनाऊ, चिकित्सकको मनोबल नगिराऊ, स्वास्थ्य क्षेत्रलाई बचाऊ, चिकित्सकलाई गाउँगाउँ पठाऊ तर केन्द्र सरकार मातहतमा चलाऊ , सरकार देउ अब निकास, नरोक हाम्रो वृत्ति विकास, प्रहरी दमन बन्द गरौँ लगायत लेखिएका प्लेकार्डहरु बोकेका थिए । 

सबै चिकित्सकहरुलाई संघीय सरकारअन्तर्गत राखी देशभर परिचालन गर्न उनीहरुको माग छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *