नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे छ। शनिबार राति प्रहरी टोलीले काठमाडौं गोगंबुबाट एक हजार दरका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे हाे। 

गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त गोगंवुले जनाएको छ। 

प्रहरीले पोमबहादुर कुँवरलाई पक्राउ गरेको छ भने अर्का आरोपी हिक्मत मियाँ भने फरार रहेको प्रहरीको भनाइ छ। मियाँलाई प्रहरीले खोजी गरिरहेको र छिट्टै पक्राउ पर्ने प्रहरीको दाबी छ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =