शिखर सुज विन्टर मेलामा अझ बढि छुट

माघ २१, काठमाडौं । भृकुटीमण्डपमा जारी शिखर सुज विन्टर सेल मेला पर्सी अर्थात २३ गते सकिँदैछ । पुस २० गतेबाट सुरु भएको शिखर सुज विन्टर सेल मेलामा लाखौं उपभोक्ताले आफुलाई मनपर्ने जुत्ता चप्पल भारी छुटमा खरिद गरिरहेका छन् । मेला सकिन २ दिन बाँकी रहँदा उपभोक्ताको भिड थामिनसक्नु भएको छ ।  

जोरपाटी नयाँबस्तीकी सृजना खतिवडाले शिखर मेलामा राखिएका जुत्ताचप्पलहरु सस्तो र राम्रो रहेको बताइन् । उनले यस्ता मेलाले सर्वसाधारणलाई अत्याधिक फाइदा पुग्ने जिकिर गरिन् । ‘मेला भन्ने वित्तिकै सस्ता र गुणस्तरहिन सामान पाइन्छ भन्ने लाग्थ्यो, शिखरको जुत्ताचप्पल मेलामा आएपछि त्यस्तो लागेन । यहाँ सहुलियत रेटमा गुणस्तरीय जुत्ताचप्पल पाएँ ।’ उनले भनिन् । 

 

null

जारी मेलामा ग्राहकले १७५ रुपैयाँमै जुत्ता पाउनेछन् । ग्राहकलाई अत्याधिक फाइदा होस भनेर मेलामा २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस् सुज, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध छ । 

  

शिखर मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध छ ।  

विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत राखिएको शिखर सुज इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर रामकृष्ण प्रसाईले बताए । मेलामा नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइएको छ । ग्राहकले मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेज, घरायसी लगायत सबै प्रकारका जुत्ता चप्पल खरिद गर्न सक्छन् ।  

 

कम्पनीले मेलाको अन्तिम तिर अझ बढि छुट दिएको छ । आज भोली र पर्सी आउने ग्राहकले अझ बढि सहुलियत पाउने बताइएको छ । 

सन् १९९५ मा स्थापना भएको शिखर सुजले नेपाली जुत्ता चप्पल बजारमा नं. १ स्थान ओगट्न सफल भएको छ । गुणस्तरीय कच्चापदार्थ प्रयोग, आकर्षक तथा सर्वसुलभ रेट भएकोले शिखर सुजलाई आम उपभोक्ताले अत्याधिक मन पराएको पाइन्छ । ‘हामीले क्वालिटीमा कहिल्लै कम्प्रोमाइज गरेनौं, त्यहि भएर उपभोक्ताको मनमा बस्न सफल भयौं ।’ म्यानेजिङ डाइरेक्टर रामकृष्ण प्रसाई भन्छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *