साउदीका ‘प्रिन्स’ लाई पाकिस्तानले दियो यस्तो उपहार

 

फागुन ९, काठमाडौँ । साउदी अरबका क्राउन प्रिन्स विन सलमान भारतको दुई दिने भ्रमण सकाएर फर्किसकेका छन् । 

भारत भ्रमणमा आउनुभन्दा पहिले क्राउन प्रिन्सले पाकिस्तानमा पनि दुई दिने भ्रमण गरेका थिए । भ्रमणका क्रममा पाकिस्तानले प्रिन्स विन सलमानलाई एकदमै खास उपहार दिएको छ । 

null

यस्तो उपहार सायद कुनै देशका राष्ट्राध्यक्षलाई कुनै पनि देशले दिएको छैन । पाकिस्तानले साउदीका प्रिन्सलाई सुनको प्लेट भएको बन्दुक उपहार दिएको हाे । 

 

प्राप्त जानकारी अनुसार हेकलर एण्ड कोच एमपी ५ एक सबमेशीन गन जर्मन इन्जिनियरले निर्माण तथा विकास गरेका हुन् । तर यस हतियारमा सुनको प्लेट लगाएर यसलाई अझै परिमार्जन गरिएको छ । 

पाकिस्तानले क्राउन प्रिन्स सलमानको स्वागतमा कुनै कमी गरेको छैन । उनको स्वागतमा २१ तोपको सलामी पनि दिइयो । यति मात्र होइन पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफैँ प्रिन्स सलमानलाई पुर्याउन कार चलाएर एयरपोर्ट समेत पुगेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *