ताप्लेजुङमा निरन्तर हिमपात, शव काठमाडौँ ल्याउन ढिलाई
२०७५ फागुन १६ गते

फागुन १६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितको सात जनाको शव काठमाडौँ ल्याउन ढिलाई हुने भएको छ ।
ताप्लेजुङमा निरन्तर वर्षा र हिमपात भइरहेका कारण शव काठमाडौँ ल्याउन ढिलाई हुने भएको हो । अहिले शवहरु सुकेटार विमानस्थलमा राखिएको छ ।
null
माैसम खराबीका कारण हेलिकप्टर दुर्घटनामा परेका मन्त्री अधिकारीसहितको शव परिक्षण तथा श्रद्धाञ्जलीका लागि काठमाडौँ ल्याउन लागिएको छ । सुकेटार विमानस्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने ठहर गर्दै काठमाडौँ पठाउने निर्णय गरेको हो ।
मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने सरकारले निर्णय गरेको छ । उनको अत्येष्टि गृहजिल्ला कास्कीमा शुक्रबार हुनेछ ।
२०७५ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








