न्याम्सको उपकुलपतिमा डिएन शाह नियुक्त

माघ २३, काठमाडौँ । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) को उपकुलपछिमा प्रा.डा. डिएन शाह नियुक्त भएका छन् । 

न्याम्सका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि रिक्त रहेको उपकुलपति पदमा डा. शाहलाई नियुक्त गरेका हुन् । 

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उपकुलपतिका लागि छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिमा उत्कृष्ट रहेका ३ जनाको नाम गत असोजमा नै सिफारिस गरेका थिए। उपकुलपतिका लागि सिफारिसमा परेका तीन जनामध्ये डा शाहलाई छनौटमा परेका हुन् । 

null

सिफारिसको एक नम्बरमा डा डिएन शाह, दुई नम्बरमा डा ढुण्डी पौडेल र तीन नम्बरमा डा अजित रायमाझिको नाम थियो। 

डा शाह हाल ग्रान्डी अस्पतालमा कार्यरत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *