बन्दागोभी खानुहाेस् स्वास्थ्य बन्नुहाेस्

माघ ५ । बन्दागोभी हाम्रो घर बरपर वा बजारमा सजिलै अनि सुपथ मुल्यमा पाईने तरकारी हो । बन्दागोभी खान धेरै मानिस रुचाउँदैनन् । घरमा बन्दगोभी बनाउँदा कति व्यक्तिहरु नाक खुम्चिाउने गर्दछन् । त्यसो त बन्दागोभी खान रुचाउँने पनि छन् तर खान रुचाउँने भन्दा नरुचाउँको संख्या धेरै नै छन् । तर स्वास्थ्यको हिसावले हेर्ने हो भने बन्दगोभी खानु धेरै राम्रो हुन्छ । 

 

बन्दागोभीमा प्रशस्त मात्रामा फाइबर, बिटाक्यारोटिन, भिटामिन बी १, बी ६, भिटामिन के, ई, मिनरल्स, सल्फरका साथै आइरन पाइन्छ । जुन स्वास्थ्यका लागि एकदम फाईदाकोे कुरा हो । बन्दागोभीको सेवनले शरिरलाई स्वास्थ्य बनाउनुको साथै बिभिन्न रोगबाट लड्न सक्ने  क्षमता दिन्छ।  

null

 – बन्दागोभीको नियमित सेवन गर्नाले स्तन क्यान्सर, पोस्टेट क्यान्सरका साथै पेटमा अल्सर तथा क्यान्सर हुनबाट बचाउँछ । 

 – यसमा क्लोरिन सल्फर मिनरल्स प्रशस्त मात्रामा हुन्छ जसले पेट सम्बन्धी समस्याहरु (ग्याँस्टिक, कब्जियत तथा अल्सर) बाट छुटकारा पाउन सकिन्छ । 

 – बन्दा गोभीको नियमित सेवन तथा यसको जुसको सेवनले शरीरको तौल कम गर्न मद्दत गर्छ । 

 – बन्दा गोभीमा फ्लोरिक एसिड हुन्छ यसले रगतको सेल्सको निर्माण गर्छ जसले एनिमिया तथा शरीरमा रगतको कमी हुन दिदैन । 

 – यसको नियमित सेवनले त्वचालाई प्राकृतिक रुपमा चमक पैदा गर्छ र त्वचा सम्बन्धी बिभिन्न समस्याबाट छुटकारा मिल्छ । 

 – बन्दा गोभीको नियमित सेवनले त्वचा गोरो बनाउनुका साथै नरम र आकर्षक बनाउन मद्दत गर्छ । 

 – बन्दा गोभीमा प्रशस्त मात्रामा भिटामिन ए हुन्छ जसले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी बिभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । 

 – यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *