चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजाय

 

फागुन ९, बेइजिङ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । 

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ । 

null

चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा पर्नुभएको हो । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । 

सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *