प्रहरी संगठनभित्र राजनीतिक प्रभाव नरहेको गृहमन्त्रीको दाबी

माघ २९, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी संगठनभित्र राजनीतिक प्रभाव नरहेको दाबी गरेका छन् । 

मंगलबार नेपाल प्रहरीको १७८ औँ दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले संविधानको मर्मविपरित र देशलाई विखण्डन पार्ने गतिविधि सरकारलाई सह्य नहुने बताए । 

प्रहरी संगठन क्रियाशिल हुन आग्रह गर्दै उनले प्रहरी निकायलाई चनाखो रहन निर्देशन समेत दिए । 

null

कार्यक्रममा प्रहरी प्रमुख सर्वेन्द्र खनालले प्रविधि र खस्कदो सामाजिक मूल्यमान्यताका बीच अपराध अनुसन्धान र अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने काम आफैमा चुनौतीपूर्ण रहे पनि प्राप्त ज्ञानको अधिकतम प्रयोग गरी कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । 

उनले प्रहरी संगठनप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न नागरिकका अपेक्षा मोजिम सेवा प्रधान गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *