कञ्चनपुरबाट १८ किलो सुन बरामद
२०७५ फागुन २ गते

फागुन २, काठमाडौँ । कञ्चनपुरको पुनर्वासबाट प्रहरीले बरामद १८ केजी सुन बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ केजी सुन बरामद गरेको हो ।
पुनर्वास नगरपालिका अन्तर्गत दशरथ बस्तीस्थित भरत बिकको घरबाट १८ केजी सुन बरामद भएको प्रहरीले जानकारी दियो ।
null
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सुनसँगै पक्राउ परेका दुई जनाको नाम भने खुलाएको छैन ।
२०७५ फागुन २ गते
प्रतिक्रिया








