राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न उपसमिति

माघ २४, काठमाडौं । सरकारले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवाद र समस्या अन्त्यका लागि उपसमिति गठन गर्ने भएको छ । सङ्घीय संसदअतर्गतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गर्ने निर्णय गरेको हो । 

 

बुधबार समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले समितिका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठन गरेको सो उपसमितिमा सांसद अञ्जना विसंखे, नविता चौधरी, गजेन्द्रबहादुर महत र एकल मिया रहेका छन् । 

null

दुई वर्ष अघि स्थापना भएको प्रतिष्ठानमा राप्ति उपक्षेत्रिय अस्पतालका चिकित्सक, कर्मचारी समायोजना र नयाँ कर्मचारी नियुक्तिका सम्बन्धमा विवाद देखिएको छ । प्रतिष्ठानकी उपकूलपति प्रा.डा. संगीता भण्डारीले लोकसेवा आयोगको सहमति विपरित कर्मचारी भर्ना गर्न खोजेपछि प्रतिष्ठानमा विवाद उत्पन्न भएको हो । 

विसं २०१६ मा स्थापित तत्कालीन राप्ती अञ्चलको सबैभन्दा जेठो सो अस्पताललाई विस २०७४ असोज २९ गते प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो । करीब २२ लाख जनसंख्याको विशेषज्ञ स्वास्थ्य सेवा केन्द्रका रुपमा रहेको सो अस्पतालमा कार्यरत कर्मचारी विसं २०७५ माघ २ गतेदेखि विभिन्न माग राखी आन्दोलित रहेका छन् । 

सो उपसमितिलाई प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन १५ दिनको समयावधि तोकिएको छ । बैठकमा समितिका सदस्यद्वय अधिकारी र योगेश भट्टराईले स्वास्थ्यका सबै प्रतिष्ठानलाई नियमन गर्न एकीकृत स्वास्थ्य प्रतिष्ठान बनाउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले विशेष पहल गर्न माग गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *