पर्यटन सुदुरपश्चिम समृद्घिको आधारः ढकाल

माघ २१, धनगढी । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम संमृद्विको आधार भएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवलाई सोमबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरेका हुन । 

प्रदेश नम्बर ७ (सुदूरपश्चिम प्रदेश) का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रलाई प्रदेशका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए । 

 

null

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना गर्ने यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सुदूरपश्चिमका विद्यमान सम्भावनालाई अधिकतम उपयोग गर्न नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको कुरा बताए ।  

सुदूरपश्चिम क्षेत्र दक्षिणी छिमेकी राष्ट्र भारतको सिमानासँग धेरै नजिक रहेकाले यहाँ उत्पादन हुने बस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न समेत तुलनात्मक सहज रहेको कुरा ढकालले उल्लेख गरे । 

सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *