यसरी सुरक्षा गर्न सकिन्छ जाडोमा खुट्टाको

माघ २८ । जाडो मौसममा हातगोडा फुट्ने, फुस्रोहुने समस्या धेरै देखिन्छ । जाडोको समयमा हामीले अनुहार र हातको सौन्दर्यमा ध्यान दिएपनी खुट्टाको सौन्दर्यमा ध्यान त्यती दिदैँनौ तर यो एकदम गलत हो जसरी हामी अनुहार र हातको सौन्दर्यमा ध्यान दिन्छौँ त्यती नै खुट्टाको सौन्दर्यमा ध्यान दिनु जरुरी हुन्छ । हाम्रो अनुहार र हात मात्र सुन्दर भएर खुट्टा नराम्रो भएमा हाम्रो साैन्दर्यमा केही न केही कमी भएको देखिन्छ । जाडो मौसममा अनुहार, हातखुट्टाको को छाला फु्ट्ने, फुस्रो हुने र चमक हराउँने हुन्छ । बिशेष खुट्टा फुट्नुको मुख्य कारण भनेको खुट्टामा पसिना उत्पन्न गर्ने ग्रन्थी सक्रिय नहुनु हो । साथै धूलो, माटो र नराम्रो साबुनको प्रयोगले पनि हात र खुट्टाको छालामा असर पर्छ । खुट्टाको देखभाल राम्रो नभए कुर्कुच्चा फुट्ने र दुख्ने हुन्छ । जाडाेमा खुट्टालाइ कसरी सुरक्षा गर्न सकिन्छ केही घरेलु टिप्सहरु तल दिईएको छ । 

 

– हरेक दिन कम्तीमा पनि ८ देखि १० गिलास पानी पिउने गर्नुपर्छ। साथै कैफिन र मादकपदार्थ सेवनबाट टाढा बस्नु पर्छ । किनकी यस्ता वस्तुले शरीरमा पानीको मात्रा कम गर्छ। 

null

– खुट्टामा जमेको धुलो माटो वा फोहोरलाई सफा गर्न एउटा टबमा मन तातो पानी लिने र त्यसमा ३ चम्चा नुन राख्ने । त्यसपछि सो पानीमा खुट्टालाई २० मिनेटसम्म डुबाउने । यसो गर्नाले खुट्टा सफा हुनुका साथै नरम पनि हुन्छ । 

– सकेसम्म खुट्टालाई जाडो मौसममा नरम बनाइ राख्नु पर्छ । त्यसका लागि राम्रो मोइस्चराइजर लगाउने र सुतिको मोजा लगाउनु पर्छ । राम्रो परिणामका लागि लोसनको सट्टा प्राकृतिक तेल प्रयोग गर्ने। 

– सँधै आरामदायक जुत्ता वा चप्पलको प्रयोग गर्ने । जसले खुट्टा फुट्नबाट जोगिन्छ । 

– खुट्टाको मृत कोषहरूलाई निकाल्न प्युमेस नामक ढुंगाको प्रयोग गर्ने। यसले कडा छाला निकाल्नमा मद्दत गर्छ। 

 – खुट्टाको छालामा समस्या हुन नदिन तथा खुट्टा नरम बनाउन कागती काटेर रगड्ने गर्नुपर्छ। हप्तामा कम्तीमा एक पटक यसो गरे छाला सम्बन्धी समस्या हराएर जान्छ। 

– खुट्टालाई प्रत्येक रात मन तातो पानीले सफा गर्ने र राम्रोसँग सुकाएर लोसन लगाउने गर्नुपर्छ । यसो गरे खुट्टा नरम र मुलायम हुन्छ। 

– सुख्खा छालालाई कैँची वा चक्कुले काट्ने जस्ता काम कहिल्यै पनि गर्नु हुँदैन । यस्ता क्रियाकलापले छालामा संक्रमण हुन्छ। 

– खुुट्टामा प्राकृतिक तेलको प्रयोग गर्नुपर्छ। तेल लगाएर हल्का हातले रगड्दा कठोर छाला मुलायम हुन्छ र चम्किलो तथा सुन्दर देखिन्छ। 

– खुट्टालाई धूलो र माटोबाट जोगाउने। यसका लागि मोजा, जुत्ता र चप्पलको प्रयोग गर्ने । साथै राती सुत्ने बेलामा खुट्टामा तेल लगाउने र मोजा लगाएरै सुत्ने । 

 – कुर्कुच्चा फुट्ने समस्या छ भने राती सुत्नु भन्दा पहिले खुट्टालाई तातो पानीमा केही समय राख्ने । यसले खुट्टा नरम हुनुका साथै खुट्टाको थकान पनि कम हुन्छ । 

– एक चम्चा तेलमा दुई चम्चा चिनी मिसाएर हात र खुट्टामा लगाएर रगड्नाले पनि हात र खुट्टा नरम हुन्छ । त्यसका लागि सूर्यमुखीको तेल प्रयोग गर्नुपर्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *