१८ करोड भ्रष्टाचारको आरोप लागेका खड्का २ करोड ५० लाख धरौटीमा रिहा
माघ २९, काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस ०७५ मा खड्काविरुद्ध गैरकानूनी रुपमा अकुत सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।
null
खड्का धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक धरौटी बराबरको ग्यारेन्टी बसेर रिहा भएका हुन्।
आयोगले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ खड्काले गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भराउन पनि माग गरेको थियो।
अख्तियारको अनुसन्धानमा खडकाको कूल सम्पत्तिको ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रहेको खुलेको थियो। आयोगले खड्काले पदमा बसेर २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको थियो । आयोगको आरोपपत्रमा खडकाले ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार खड्काले आयल निगमको कार्यकारी निर्देशक भइसकेपछि ६ वर्षमा पुख्र्यौली बाहेकका ३ वटा घर बनाउनुका साथै काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको खुलेको छ ।