अस्ट्रेलियामा बिचल्लीः १२ सय नेपाली विद्यार्थी अनुमति नपाएको कलेजमा भर्ना
२०७५ फागुन ९ गते

काठमाडौं । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ । अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी एआइबिटीले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् ।
त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले विद्यार्थी समस्यामा परेका हुन् ।
२०७५ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








