भारतले पाकिस्तान अधिनस्थ कास्मिर प्रवेश गरी आतंकवादी शिविरमा बर्सायो १ हजार किलो बम

 

फागुन १४, नयाँ दिल्ली । पुलवामा हमला भएको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्ताविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार साढे ३ बजे २ हजार लडाकु भएको भारतीय मिराज विमानले नियन्त्रण रेखा (एलओसी) पाकिस्तानले कब्जा गरेको काश्मिर (पीओके) मा घुसेर हमला गरेको हो । विमानले १ हजार किलो बम खसालेर सयाैँकाे संख्यामा आतंकी शिविरहरू नष्ट गरिएकाे जानकारी दिइएकाे छ ।  

यसलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट समिति (सीसीएस) को बैठक बोलाएका छन् । त्यस्तै भारतीय वायुसेनाको हवाई हमलापश्चात् पाकिस्तानी विदेश मन्त्रालयले पनि आकस्मिक बैठक बोलाएको छ । 

null

 

वायुसेना स्रोतका अनुसार भारतीय लडाकु विमानले पञ्जाबको आदपुरबाट उडान भरेको थियो । बालाकोट, चकोटी, मुजफ्फरावादमा आतंकारीको शिविर नष्ट गरिदिएको छ । 

हमला भएको ठाउँ एलओसीबाट करिब ५० किलोमिटर टाढा छ । १४ फ्रेबुअरीमा पुलवामा भएको हमलामा सीआरपीएफका ४० जवान शहीद भएका थिए । जैश ए मोहम्मदले यसको जिम्मेवारी लिएका थिए । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २३ फ्रेबुअरीमा दिएको बयानमा भनेका थिए, ‘भारत र पाकिस्ताबीच एकदमै खराब हालत छ । भारतले ठूलो कारवाही गर्नेछ । अमेरिकी प्रशासन दुवै देशको सम्पर्कमा छ । आशा छ यो दुश्मनी छिट्टै खतम होस् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *