कर्मचारी समायोजन विधेयक छलफलका लागि पठाउन अनुमति

प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन अनुमति दिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रस्तुत गरेको ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धीत समितिमा पठाईयोस्’ भन्ने प्रस्तावलाई सदनले स्वीकृति दिएको हो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको तर्फबाट मन्त्री ढकालले प्रस्तुत गरेको “विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्तावलाई पनि सदनले अनुमोदन गरेको थियो ।
null
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी गरेको प्रस्ताव पनि बैठकले सर्वसम्मतिले अनुमोदन गरेको छ ।
यस्तै बैठकले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरेको छ।








