शरीरको कमजोरीपन हटाउँन यी खानेकुरा खाने गर्नुहोस्

माघ २५ । मानिसको शरिर कहिले स्वास्थ्य हुन्छ त कहिले धेरै कमजोर । कहिलेकाही शरीर कमजोर र आलस्यको पोको बनिदिन्छ । अझ तन्नेरी भन्दा बुढापाखाको शरिर निकै कमजोर हुन्छ । तन्नेरी भन्दा कजोरीको समस्या बुढापाखामा धेरै देखिने हुन्छ । हामीले हाम्रो शरिर बलियो पार्न निकै पोषणयुक्त खानेकुरा खाईरहेका हुन्छौँ । अझ केही पोषणयुक्त खानेकुरा जानेर खाएमा हाम्रो शरिर अझ स्वास्थ्य एवं बलियो हुन्छ । केही यस्ता खानेकुरा छन् जसको सेवनले हप्ता दिनमै पाउनु हुनेछ निकै राम्रो परिवर्तन ती खानेकुराहरु के–के हुन् तल दिईएको छ । 

– खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ ।  

– बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ । 

null

– दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।  

– एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ । 

– चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन । 

– अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने । 

– एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ । 

– दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ । 

– अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ । 

– साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *