वाइडबडि प्रकरण तातै छ, सेलाएको छैनः मन्त्री बाँस्कोटा

माघ २४, काठमाडौँ । सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वाइडबडी विमान प्रकरणबारे छानबिन भइरहेको दाबी गरेका छन् । 

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले वाइडबडी प्रकरणमा छानबिन समितिले काम गरिरहेको दाबी गरेका हुन् । 

वाइडबडी त सेलायो नि भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘वाइडबडि प्रकरण तातै छ, सेलाएको छैन । ठुला ठुला वाइडबडी सडकतिर बोकेर हिँडेको देखेको थिएँ ।’ 

null

केही दिन अघि कांग्रेसले वाइडबडीको पुत्ला बनाएर छानविन गर्न माग गर्दै प्रदर्शन गरेको थियो । मन्त्री बाँस्कोटाले यसै विषयलाई लक्षित गर्दै यस्तो व्यंग्य गरेका हुन् । 

त्यस्तै उनले शैक्षिक हड्तालको विषयमा पनि पत्रकारहरुको जिज्ञासा मेटाउँदै देश शान्ति क्षेत्र भएकाले यस्तो कार्य गर्न नहुने बताए । 

‘विद्यालय मात्रै होइन सिंगो देश नै शान्ति क्षेत्र हो। द्वन्द्व सकिसक्यो । फेसबुकमा यसो पर्चा हालेका भरमा बन्द गरेर हिँड्नु पनि भएन’, उनले भने। 

नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र पक्राउ परेको विरोधमा सो पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज मुलुकभरका शैक्षिक संस्था बन्द गराएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + one =