नेकपा भित्रका नेताहरुको एकीकरणबारे फरक फरक बुझाई 

फागुन १२, धरान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता झलनाथ खनालले एक, दुई जनाको निर्णयको आधारमा नभै सामुहिक रुपमा पार्टी एकीकरणको निर्णय हुनुपर्ने बताएका छन् । 

 

आइतबार धरानमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टी एकता गर्न गठित कार्यदल भंग भएपछि अब सचिवालयले जिम्मा पाएको भन्दै सामुहिक रुपमा नै निर्णय हुनुपर्ने धारणा राखे । ‘कार्यदल बने पनि काम हुन सकेन, अब सचिवालयले जिम्मा पाएको छ,’नेता खनालले अध्यक्षद्धय प्रति संकेत गर्दै भने,‘सामुहिक रुपमा बसेर, नियमित बैठक बसेर सहमतिको आधारमा एकीकरण गरिनुपर्छ, एक दुई जनाले होइन ।’ 

null

पार्टी एकीकरण र बिघटनाको निर्णय गर्दा सबैसँग सल्लाह नभएको टिप्पणी गर्दै नेता खनालले तलको पार्टी विघटन गरेर अहिले समस्या भएको बताए । विघटन गर्दा पनि कति महिनाभित्र पुर्नगठन गर्ने भनेर सुनिश्चितता नगर्नु भुल भएको उनको भनाई थियो । 

नेता खनालले कम्युनिष्ट पार्टीको नेतृत्वविना समाजवाद आउने परिकल्पना गर्न नसकिने भन्दै एकीकरणको नाममा पार्टी विघटन गर्ने र तल्लो तहसम्म एकीकरणमा बिलम्ब भइरहेको प्रति असन्तुष्टी व्यक्त गरे ।  पार्टी एकतामा बिलम्व हुँदा कार्यकर्ताहरुमा केही निराशा, दिशाहिनता र अन्यौलजस्तो देखिएता पनि चाँडै पार्टी एकता भएर आशाको किरण देखापर्ने बताए । 

यसैबीच नेकपालाई तल्लो तहसम्मको पार्टी कमिटि एकीकरण गर्न सकस भइरहेको बेला नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यले पार्टी एकता गर्न पद्दती र मापदण्ड बनाउदा ठुलो समस्या सिर्जना नहुने बताए।  

धरानमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा नेता आचार्यले वरिष्ठता नहेरी अनुहार हेरेर र नेताहरुले आफनो खल्तीबाट नाम झिकेर एकीकरण गर्दा समस्या हुने चेतावनी समेत दिए । उनले मापदण्ड बनाएर पार्टी एकीकरण गर्दा सबै कुरा मिल्दै जाने पनि जिकिर गरे । ‘पार्टी एक बनाउन छिटो गर्नु पर्थो, बिलम्ब भइरहेको छ । पार्टी एक बनाउन सिस्टम बस्यो भने, मापदण्ड बनाएर एक गर्ने हो भने भारी भरकम केही छैन । 

बिगतमा एमाले, माओवादीसँग भएको कमिटिको आधारमा वरिष्ठता आफै छुटिने र एकताको क्रममा कोही छुटेको भए अधिवेशनबाट समेटिने नेता आचार्यको भनाई थियो । काँग्रेसले पटक पटक बहुमतको सरकार बनाए पनि सम्झन लायक काम नगरेको भन्दै उनले आफनो बिगत सम्झेर नेकपाको सरकारको आलोचना गर्न पनि सुझाब दिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *