‘ट्राफिक एप्स’को मद्दतले चालक कारवाहीमा

फागुन १५, राँझा । लामो दूरीमा दुईजना चालक नराख्ने यात्रुवाहक बसका चालकलाई ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतमा प्रहरीले कारवाही शुरु गरेको छ । 

 

ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको सो एप्सको मद्दतले लामो दूरीमा दुई चालक नराखेको भेटिएका ३५ सार्वजनिक सवारी साधन बसका चालक कारवाहीमा परेको ट्राफिक कार्यालय बाँकेले जनाएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लामो दूरीमा दुई सवारी चालक नराख्ने सार्वजनिक यातायातलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ओम पौडेलले जानकारी दिए । 

null

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले गत माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन (बस)मा दुई सवारी चालक राखे/नराखेको जानकारी लिन चप्परगौडीमा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । उनका अनुसार, लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्स मार्फत हेर्ने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *