लायन्स क्लब अफ पाथिभराले गर्याे रक्तदान कार्यक्रम
मकालु खबर
२०७५ माघ २९ गते
माघ २९, विराटनगर । रक्त सञ्चार सेवा केन्द्रमा देखिएको रगतको अभाव न्युनिकरण गर्न सामाजिक कार्यका सक्रिय रहेको लायन्स क्लब अफ विराटनगर पाथिभराले विराटनगरमा रक्तदान शिविरको आयोजना गरेको छ ।
पाथिभराले विराटनगर १४ स्थित सास्थम कलेजमा रक्त संकलन शिविर आयोजना गरेको हो । शिविरमा ५१ पिन्ट रक्त संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष अर्पणा दाहालले जानकारी दिइन् ।
null
उनले ब्लड बैंकमा रगतको अभाव भएपछि बिरामीहरुले सास्ती झेल्नुपर्ने अवस्थालाई न्युनिकरण गर्न शिविर आयोजना गरिएको बताइन् । शिविरमा सास्थम कलेजमा अध्यनरत विद्यार्थी, आयोजक क्लबका पदाधिकारीसहित सर्वसाधारणले रक्तदान गरेका थिए ।
मकालु खबर
२०७५ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित